• २०८१ बैशाख ८ शनिबार

बलिवुड फिल्म 'पानीपत' माथि अफगानिस्तानीको विरोध ! 

kharibot

मुम्बई । अहिले बलिवुडको ऐतिहासिक फिल्म 'पानीपत' का बारेमा अफगानिस्तानमा विवाद भएको छ । 

चर्चित निर्देशक आशुतोष गोवारिकरले बनाएको फिल्म पानीपत अफगानी शासकअहमद शाह अब्दाली र मराठीहरुसँग सन् १७६१ मा भएको लडाईको बारेमा बनेको छ ।

अहिले फिल्मको ट्रेलर बाहिर आएपछि अफगानिस्तानमा आफ्ना पुर्व शासकको नकारात्मक छबि देखाइएको भन्दै विरोध भएको छ । अहिले फिल्मका निर्माताहरुलाई दुई देशको पुरानो सम्बन्धलाई ध्यानमा राख्दै फिल्ममा अफगानी पुर्व शासकको नकारात्मक छबि नदेखाउन माग गरेका छन् ।

भारतका लागि पुर्व अफगानी राजदुत शाइदा अब्दालीले फिल्म बनाउदा ऐतिहासिक रुपमा भारत र अफगानिस्तानको सम्बन्ध सुमधुर बनाउन बलिवुडको ठुलो भूमिका रहेको भन्दै पानीपत हाम्रो साझा इतिहास भएकोले यो फिल्म बनाउदा दुई देशको सम्बन्धलाई ध्यान दिइएको होला भन्ने प्रतिक्रिया दिएका छन् ।

त्यस्तै मुम्बईमा रहेका अफगानिस्तानका वाणिज्य दुताबासक नसीम सरिफीले आफुहरुले पानीपत फिल्ममा अहमद शाह अब्दिलीको अपमान नहोस् भन्ने प्रयासमा रहेको बताउदै आफुहरुलाई कुनै पनि किसिमको अपमान सह्य नहुने स्पष्ट गरेका छन् । उनले संजय दत्तले अब्दिलीको नकारात्मक छबि भएको भए आफुले फिल्मनै गर्ने थिइन् भनि विश्वास दिलाएको समेत सरिफिले बताएका छन् ।

फिल्ममा अब्दिली \को भूमिका संजय दत्तले निभाएका छन् । त्यस्तै फिल्ममा योद्धा सदसिवराव भाउको भूमिका अर्जुन कपुरले निभाएका छन् । त्यस्तै अभिनेत्री कृति सेनान पार्वती बाइको भूमिकामा रहेकी छन् । फिल्म डिसेम्बर ६ मा रिलिज हुदै छ । 
  
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै