• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर : नेप्से ११ सय ३१ अंकमा एक अर्ब २३ करोडको किनबेच

kharibot

काठमाडौं । यो साता सेयर कारोवार रकम गत साताको तुलनामा बढेको छ ।

यो साता नेप्सेमा एक सय ७२ कम्पनीहरुको कारोवार भएकाछन् । जसअनुसार २१ हजार एक सय ८५ वटा कारोवारमा ४६ लाख ५० हजार दुई सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २३ करोड २२ लाख ७५ हजार सात सय २३ रुपैयाँ पुगेको छ । 

यो कारोवार रकम गत साताको तुलनामा निकै नै बढी हो । गत साता भने नेप्सेमा एक दिन मात्र सेयर कारोवार रकम हुंदा एक सय ७१ कम्पनीहरुको कारोवार भएका थिए । जसअनुसार एक लाख चार हजार दुई सय ६० वटा कारोवारमा ३४ लाख ८४ हजार दुई सय ७१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९३ करोड ४३ लाख ९५ हजार छ सय दुई रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोवार कक्ष पाँचै दिन खुल्ला रहेको थियो । सो मध्ये पहिलो, तेस्रो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो दिन नेप्से बढेको थियो । सोही आधारमा यो साता नेप्से ११ सय ३१ दसमलव ९७ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई सय ४८ दसमलव ३१ अंकमा कायम रहेको थियो ।

यो साता नेप्से पहिलो दिन छ दसमलव ८८ अंकले घटेर ११ सय ३९ दसमलव २९ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६२ अंकले घटेर दुई सय ५० दसमलव ४६ अंकमा झरेको थियो । दोस्रो दिन शुन्य दसमलव ९७ अंकले बढेर ११ सय ४० दसमलव २६ अंकमा चढ्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य चार अंकले बढेर दुई सय ५० दसमलव ५१ अंकमा चढेको थियो । तेस्रो दिन भने नेप्से ओरालो लागेको थियो । उक्त दिन नेप्से शुन्य दशमलव ८१ अंकले घटेर ११ सय ३९ दशमलव ४५ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव ३९ अंकले घटेर दुई सय ५० दशमलव १२ अंकमा झरेको थियो । 

चौथो दिन नेप्से एक दसमलव ४४ अंकले घटेर ११ सय ३८ दसमलव दुई अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ४१ अंकले घटेर दुई सय ४९ दसमलव ७१ अंकमा झरेको थियो । अन्तिम कारोवार दिन पनि नेप्से छ दसमलव पाँच अंकले घटेर ११ सय ३१ दसमलव ९७ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव चार अंकले घटेर दुई सय ४८ दसमलव ३१ अंकमा झरेको छ ।  

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता प्रभु बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक आदि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो साता एनएमबी बैंकको एक करोड ९१ लाख १५ हजार सात सय ९० कित्ता सेयर सुचीकृत भएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै