• २०८१ बैशाख ६ बिहीबार

ऐतिहासिक मकवानपुरगढीमा एकदशी मेला

kharibot

तस्वीर- श्रीराम अर्जुन

हेटौंडा । आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन ।

यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ ।

आजको दिनमा विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने प्रचलन रहेको छ ।

हरिवोधनी एकादशीको दिन आज मकवानपुरको ऐतिहासिक गढी मकवानपुरगढी दरवार परिसरमा ठुलो एकादशी मेला लाग्ने गर्दछ । गढी दरबार भित्र बंशगोपालको मन्दिर रहेको छ । आज विहानै ५ बजे देखिनै व्रतालु र जात्रा मनाउनेहरुको ठुलो भिड लागेको छ ।

मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडाको हटिया हर्नामाडी, बकैयाको ठिङगन लगायत मकवानपुरको विभिन्न स्थानबाट मेलामा आउने गरेको मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रीनले बताए । ऐतिहासिक गढी दरबारमा हरेक वर्ष झैं ठुलो एकदशीमा जात्रा लाग्ने गरेको उनले बताए । 

व्रतालु र जात्रा अवलोकन गर्न आउनेलाई व्यवस्थित ढङगले पुजा गर्न सहज गराइएको अध्यक्ष पाख्रीनले बताए । पार्किङ देखि व्यवसाय गर्ने र विभिन्न खाले खेलको लागि निश्चित क्षेत्र छुट्याएर व्यवस्थित गरिएको उनले बताएका छन् ।  

बंशगोपाल टोल विकास संस्थाको सहकार्यमा आउनजानको लागि सहज पुग्ने हेतुले स्वंम सेवक खटाइएको उनले जानकारी दिए । 

जात्रामा केहि नराम्रो घटना नहोस भनि प्रहरी चौकी चौघडा, मक्रान्चुली र जीतपुरभञ्ज्याङका प्रहरी टोलीले सहज वातावरण बनाइरहेको अध्यक्ष पाख्रीनले बताए ।

दरवार परिसरमा मद्यपान र मासुजन्य किनबेच निषेश गरिएको छ । त्यस्तै भीमफेदी गाउँपालिका वडा २ मा रहेको त्रिखण्डेश्वर मन्दिरमा पनि भव्य मेला लागेको छ ।

विहान देखिनै भक्तजनहरुको भीड रहेको छ । मेला हेटौंडा काठमाडौं छोटोदुरीको सडक खण्डमा पर्ने भएकाले प्रहरीको टोली खटाएर  सुरक्षा व्यवस्था बडा परिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना प्रभावित क्षेत्र र साना गाडी धेरै हिड्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातको साधन चेकजाँच गरि सुरक्षा कडा गरिएको जनाइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै