दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटनामा जहाज चालकको निधन

खरीबोट

लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । 

उक्त दुर्घटनापछि सो विमानका चालकको मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । 

विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्नि नियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । उक्त विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो । 

प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् । 

त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ । 

एकमात्र इन्जिन भएको सो विमान एसआर २२ नामको सानो विमान हो । उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।
 

सम्बन्धित समाचार

दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटनामा जहाज चालकको निधन

लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ ।  उक्त दुर्घटनापछि सो विमानका चालकको मृत्यु भएको छ । उक्त विमान आवासीय

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन

यूक्रेनमा भएको विमान दुर्घटनामा कम्तीमा पाँचको मृत्यु

किभ । यूक्रेनमा आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड

पाइलटको सावधानीले सीता एयरको विमान दुर्घटनाबाट जोगियो

काठमाडौं । बुधबार सीता एयरको ९-एन-एजेएच कलसाइन जहाज इन्जिन फेल हुँदा पनि सुरक्षित अवतरण गर्न सफल भएको छ । लुक्लाबाट तीनजना चालकदल सहित आएको जहाज टेकअफ गरिएको तीन मिनेटमा इन्जिनमा समस्या


z