• २०८१ बैशाख ७ शुक्रबार

दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटनामा जहाज चालकको निधन

kharibot

लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । 

उक्त दुर्घटनापछि सो विमानका चालकको मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । 

विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्नि नियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । उक्त विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो । 

प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् । 

त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ । 

एकमात्र इन्जिन भएको सो विमान एसआर २२ नामको सानो विमान हो । उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै