इरानमा भूकम्प जाँदा पाँचको मृत्यु, १२० घाइते

खरीबोट

तेहरान । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान २:१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १ सय २० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिए । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् ।

सन् १९९० मा इरानमा आएको ७.४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् ।

सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

बझाङ केन्द्रविन्दु भएर ५.७ रेक्टरको भूकम्प 

काठमाडौँ । पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर ठुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिम प्रदेशको पहाडी

सुदूरपश्चिमका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

बैतडी । भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको

इरानमा भूकम्प जाँदा पाँचको मृत्यु, १२० घाइते

तेहरान । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान २:१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले

भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

गोरखा । गोरखा जिल्लामा भूकम्पले क्षति पुर्याएका २ सय ८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा


z