• २०८१ बैशाख ७ शुक्रबार

इरानमा भूकम्प जाँदा पाँचको मृत्यु, १२० घाइते

kharibot

तेहरान । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान २:१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १ सय २० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिए । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् ।

सन् १९९० मा इरानमा आएको ७.४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् ।

सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै