• २०८१ बैशाख १३ बिहीबार

बच्चाहरुलाई अनलाइन गेम खेल्न चीनले लगायो कर्फ्यु

kharibot

चीन सरकारले  भिडियो गेमको लत नियन्त्रण गर्न नाबालिक बच्चा लाई अनलाइन गेम खेल्ने समयमा  कर्फ्यू लगाउने घोषणा गरेको छ ।

चीनमा १८ वर्ष भन्दा कम उमेरको बालबालिकालाई राती दस देखि आठ बजेको बीचमा अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको छ । 

बालबालिका सप्ताहको दिनमा केवल ९० मिनेट र सप्ताहात वा छुट्टिको दिन मात्र तीन घन्टा सम्म गेम खेल्न अनुमति छ ।

भिडियो गेमको लत माथि पुरै अंकुश लगाउनको लागि चीनले यस्तो पाईला उठाएको हो अधिकारीहरुको भनाइ छ कि यो लत बच्चाको स्वास्थ्यको लागि हानिकारक हुन्छ । 

चीन दुनियाको सबै भन्दा बढी गेमिङ्गको बाजार मध्य एक हो । सरकारको तर्फबाट मंगलवार सार्वजनिक गरेको आधिकारिक निर्देशले गर्दा गेम्समा नाबालिक बच्चाद्वारा खर्च हुने पैसाको पनि बचत हुन्छ । 

आठ देखि १६ वर्षको उमेर सम्म गेम खेल्ने बच्चा प्रति महिना दुई सय युआन (३२ सय नेपाली रुपैया ) खर्च गर्छन र १६-१८ वर्षको बालबालिका गेमिंगा खातामा चार सय युआन सम्म खर्च गर्छन् ।

रिसर्च फर्म न्यूज़ूको अनुसार, यो वर्ष पहिलो पल्ट यस उद्योगमा अमेरिकाको कमाईले चीनको कमाईलाई पछि पारेको छ ।

भिडियो गेमले युवामा पारेको असरको विषयलाई लिएर चिनको लगातार आलोचना हुदै आइरहेको छ । 

गेमिङ्गले बच्चाको आँखाले हेर्ने नजिकको दृष्टि कमजोर भएको कारण २०१८ मा चीन सरकारले नयाँ अनलाइन गेमको संख्या कम गर्न र गेम खेल्ने समय तथा उमेरको प्रतिबन्ध लगाउन गेमिङ्ग नियन्त्रण विभागको गठन गर्ने घोषणा गरेको थियो । 

सोहि वर्ष चीनले नयाँ भिडियो गेम माथि रोक लगाएको थियो जुन अगिल्लो नौ महिना सम्म चलेको थियो । 

उक्त निर्णयले गेमिङ्गको ठुलो व्यापार रहेको चिनिया बजारमा ठुलो झट्का लागेको थियो ।

ठुला गेमिङ्ग कम्पनी टेनसेन्ट ले जब १२ वर्षको उमेरका बच्चाको लागि गेमिङ्गको समय एक घन्टा र १२ देखि १८ वर्षको बच्चाको लागि दुई घण्टा सिमित गरेको कारण निकै आलोचना खेप्नु परेको थियो । 

नयाँ नियम चीनको सबै अनलाइन गेमिङ्ग प्ल्याटफर्म्स माथि लागु हुन्छ ।

पछिल्लो वर्ष विश्व स्वास्थ्य संगठनले गेम खेल्ने लत ( गेमिङ्ग डिसअर्डर नाम दिएको थियो ) लाई मानसिक स्वास्थ्य स्थिति भेनेको थियो । 

हालै सार्वजनिक भएको अमेरिकी साइकाट्रीक एसोसिएशन को मनोरोगीको लक्षणमामा यसलाई  औपचारिक रुपमा मानिएको छैन तर इन्टरनेट गेमिङ्ग डिसअर्डरलाई अध्ययन स्थितिमा नै राखिएको छ । 

कतिपय देशमा धेरै अनलाइन गेम खेल्ने विषयलाई ठुलो सार्वजनिक स्वास्थ्यको विषय नै मानिन्छ र थुप्रै ठाउँमा यसको उपचारको लागि निजी एडिक्शन क्लिनिक पनि बनाइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै