• २०८१ बैशाख १२ बुधबार

टी-२० सिरिजमा इङल्याण्डको कमब्याक, मालानको शतकमा फराकिलो जित

kharibot

काठमाडौँ । इङल्याण्डले न्युजील्याण्डविरुद्धको टी-२० सिरिजमा कमब्याक गरेको छ । ५ खेलको सिरिजमा लगातार २ खेलमा हारपछि चौथो खेलमा जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा न्युजील्याण्डलाई ७६ रनले पराजित गरेर सिरिज २-२ ले बराबर गरेको छ ।

इङल्याण्डले दिएको २४२ रनको लक्ष्य पछाएको न्युजील्याण्ड १६.५ ओभरमा १६५ रन बनाएर अल आउट भएको थियो ।

न्युजील्याण्डका लागि टिम साउथीले सर्वाधिक ३९ रन बनाएका थिए ।त्यस्तै कोलिन म्रुनोले ३० र मार्टिन गप्टीलले २७ रन बनाएका थिए ।

इङल्याण्डका बलर माट पार्किन्सनले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै क्रिस जोर्डनले २ विकेट लिए भने साम कुरान, टम कुरान र पाट ब्राउनले एक एक विकेट लिएका थिए !

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

इङल्याण्डका लागि डविड मालानले शतकीय पारी खेलेका थिए । मालानले ५१ बलमा १०३ रनको पारी खेल्दा ९ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान इयोन मोर्गनले ४१ बलमा ९१ रन बनाएका थिए । त्यस्तै टम बान्टनले ३१ रन बनाएका थिए ।

यो जितपछि इङल्याण्डले सिरिज २-२ ले बराबरी गरेको छ । यस अघि सिरिजको पहिलो खेल इङल्याण्डले जितेको थियो भने त्यसपछिका दुवै खेल न्युजील्याण्डले जितेको थियो ।

अब सिरिजको अन्तिम खेल सिरिजको फाइनल खेल हुने भएको छ । अन्तिम खेल आगामी आइतबार हुदै छ ।                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै