काठमाडौँ । मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपाललाई पराजित गरेको छ ।
एमसीसीले दिएको ३९३ रनको लक्ष्य पछाएको नेपाल १८४ रन बनाएर अल आउट भएपछि नेपाल २०८ रनले खेल हारेको छ ।
नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका थिए ।
त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाए भने राजु रिजालले ३१ रन बनाए । त्यस्तै शरद भेस्वाकरले १५ रन बनाउदा दिपेन्द्र सिंह ऐरी पवन सराफ र बिनोद भण्डारी शुन्यमा आउट भएका थिए ।
त्यस्तै आरिफ सेखले १९ रन बनाएर आउट भए भने करण केसी १८ रन बनाए । पहिलो इनिंगमा ३९ रन बनाएका सन्दीप लामिछानेले दोस्रो इनिंगमा पनि आक्रामक ब्याटिंग गर्दै २५ रन बनाएका थिए ।
एमसीसीले पहिलो इनिंगमा ३६४ र दोस्रो इनिंगमा १८१ रन बनाएर इनिंग घोषणा गर्दै नेपाललाई ३९३ रनको लक्ष्य दिएको थियो ।
नेपालले भने पहिलो इनिंगमा १५३ रन बनाएर अल आउट भएको थियो ।
समग्रमा लामो समयपछि फर्स्ट क्लास क्रिकेट खेलेको नेपाली खेलाडीहरुमा अनुभवको कमि देखियो भने परम्परागत रुपमा समस्या रहेको ब्याटिंग यस खेलमा पनि समस्याकै रुपमा देखियो ।