• २०८१ बैशाख १३ बिहीबार

भारतीय नक्शाको विरोधमा बारामा प्रर्दशन

kharibot

बारा । छिमेकी मुलुक भारतले नेपालको भू—भाग भारतीय नक्शामा गाभिएको राजनीतिक नक्शा सार्वजनिक गरे पछि त्यसको विरोधमा बाराको विभिन्न स्थानमा विरोध प्रर्दशन गर्दै आई रहेका छन् ।

भारतीय विस्तारवाद मुर्दावादको नारा लगाउँदै ‘नेपाली भूमी लिपुलेक, कालापानी, लिम्पीयाधुरा हाम्रो नेपालको भूमी हो’ भन्ने ब्यानरसहित बाराको जीतपुर, निजगढ, सिमरा, पथलैया, डुमरवानामा प्रर्दशन गरेका हुन् ।

भारतीय हेपाहा प्रवृति विगत देखि भएको र फेरी पनि उही प्रवृति दोहोरिएको भन्दै हाम्रो भुमी प्राण भन्दा प्यारो रहेको भन्दै जिल्लाबासी प्रर्दशनमा उत्रर्दै भारतलाई कडो चेतावनी दिएका छन् ।

जब-जब नेपालमा स्थायी सरकार आउँछ । तब-तब भारत तर्फबाट यस्तै-यस्तै नेपाल र नेपालीलाई बिना अर्थ, बिना कारण तनाव सिर्जना गर्ने गरेको बताउँदै सरकारलाई हामी जनताहरुले त्यसको बिरोधमा निरन्तर, अहोरात्र सहयोग गर्न तयार रहेको बताउँदै सरकारले भारतसँग कुटनितिक पहलमा ढिलाई गर्न नहुँने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै