• २०८१ बैशाख ७ शुक्रबार

त्रिभुवन विमानस्थलको पार्किङमा श्री एयर र यतीका विमान ठोक्किए

kharibot

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई ठक्कर दिएको छ ।

अवतरणपछि पार्किङमा आउँदै गरेको श्रीको जहाजले पार्किङ गरिराखेको यतिको एटिआर जहाजलाई शुक्रबार दिउँसो ठक्कर दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

ठक्करबाट यतिको एटिआर जहाजको पछाडिको भागमा सामान्य क्षति भएको बताइएको छ ।

विमानस्थल कार्यालयले घटना सामान्य भएकाले विमानस्थलमा आवागमनमा कुनै समस्या नआएको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै