हिमालय एयरलाइन्सको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

खरीबोट

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ ।

बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा  चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो ।

बेइजिङ गन्तब्यको बजारमा हिस्सा बढाउन कम्पनीले बजारीकरणलाई प्रभावकारी बनाउने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्जवला दलीले बताईन । उनले भनिन् “बेइजिङ उडानमा अहिले ६० र ७० प्रतिशत अकुपेन्सी छ । उता (चीनतर्फ) बाट यात्रुको आगमन राम्रै छ । नेपालबाट चीन जाने यात्रुको सङ्ख्या कम छ, अकुपेन्सी बढाउन बजारीकरणको कामलाई प्राथमिकता दिन्छौँ ।” 

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले गत कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सँघारमा काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएसँगै चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्रने अपेक्षा गरिएको छ । भ्रमण वर्ष अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । 

सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउनसके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् ।

हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान गरिरहेको छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो मार्गमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ ।
काठमाडौँ बेइजिङ मार्गमा एकतर्फी उडान समय ५:३० घण्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहामा सिधा उडान गर्दै आएको छ ।

बेइजिङसँगको सिधा उडान नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने कम्पनीले उल्लेख गरेको छ ।
 

सम्बन्धित समाचार

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन्। नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत,

हिमालय एयरलाइन्सको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा  चीनतर्फबाट

आर्थिक मितव्ययिता अपनाउँदै निगम

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ । निगमले आलु आर्थिक वर्ष

बेजिङ उड्यो हिमालय एयरलाइन्स

काठमाडौँ । काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो ।  नेपाल


z