• २०८१ बैशाख ११ मंगलबार

आलमको मुद्धामा थुनछेक बहस जारी, शुक्रबार पनि सकिएन 

kharibot

रौतहट । मोहमद अफ्ताव आलमको मुद्धामा थुनछेक बहस जारी रहेको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नौजना कानुन व्यवसायीले बहस गरेका छन् । बहस शुक्रबार पनि सकिएको छैन । अब बाँकी बहस आइतबार हुने भएको छ ।

पर्सा जिल्लाका न्यायाधीवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका साहयक न्यायाधीवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका छन् । यस्तै वादीको तर्फबाट कानुन व्यवसायी डा.युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको स्रस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन् ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका हुन् । 

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै