टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन

खरीबोट

काठमाडौँ । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ।

नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५ सय ६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए।

करदातालाई करको दायरामा ल्याउन वडा–वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको जनाएको छ । नगरपालिकाका अनुसार आव २०७५/७६ मा निवेदन दस्तुरबाट रु ७८ हजार तिन सय, नक्सापास दस्तुरवापत रु ४२ लाख ३९ हजार दुई सय ७४, ‘घ’ वर्ग अनुमति दस्तुरबाट रु ४३ हजार चार सय १०, व्यक्तिगत घटना दर्ता जरिवनाबाट रु ७५ हजार, विभिन्न सिफारिश दस्तुरबाट रु १२ लाख ४२ हजार पाँच सय र अन्य आम्दानीबाट रु ६ लाख ९५ हजार ७१ राजश्व सङ्कलन गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाले रु ८८ लाख ५७ हजार पाँच सय १ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९२ लाख ५४ हजार नौ सय ३१ राजश्व सङ्कलन भएको थियो ।

आव २०७४/७५ मा घरजग्गा र सम्पत्ति करबाट रु ५० लाख ३४ हजार ६ सय २५, मालपोत तथा भूमि करबाट रु २५ हजार सात सय ३७, बहाल करबाट रु २८ हजार २७ लाख ६ सय ८६, व्यवसाय दर्ता करबाट रु १० लाख ८९ हजार ६ सय ८२, विज्ञापन करबाट ४८ हजार पाँच सय १ र बहाल विटौरी करबाट ४५ हजार तिना सय ६ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

नगरपालिकाले वडा नं १ र २ मा ग्रामीण क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई करमा ४० प्रतिशत छुट दिइएको प्रमुख भण्डारीले जानकारी दिए ।

यस्तै भूकम्पपीडितलाई ७५ प्रतिशत छुट र सम्पत्तिकरमा साउन, भदौँ, असोज तथा कात्तिक महीनाभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिइएको नगरपालिकाले जनाएको छ ।
 

सम्बन्धित समाचार

गुट्खामा ३६ करोडको राजश्व छली, छ विरुद्ध मुद्दा

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा रु ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ ।  अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत

जुम्लाको चन्दननाथ नगरपालिकामा १६ लाख राजश्व सङ्कलन

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ। नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख

राजश्व छली गर्ने भारतीयविरुद्ध मुद्दा

काठमाडौँ । झुट्टा तथा नक्कली बीजक प्रयोग गरी करोडौँ रुपैयाँ राजश्व छली गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।  ‘हस्पी केयर इन्टरनेशनल’ र ‘श्री श्याम ट्रेडर्स

टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन

काठमाडौँ । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ। नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा


z