• २०८१ बैशाख ८ शनिबार

उपप्रधानमन्त्री यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तक विमोचन

kharibot

काठमाडौँ समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री,स्वास्थ तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तकको विमोचन गरिएको छ ।

विमोचन कर्यक्रममा बोल्नु हुँदै समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीति आफ्नो स्वार्थ र समुहको व्यवस्थापान गर्ने, सत्ता प्राप्ती गर्ने र सत्ता सुख भोग गर्ने कर्म मात्र बनेको बताएका छन् । 

पूंजीवाद र साम्यवादबाट माथी उठेर समाजवाद कायम गर्नुपर्ने बताउदै डा. भट्टराईले इतिहास हेर्दा  सबैको उत्पत्ति उस्तै रहेको र उक्त कुरा आत्मसाथ गर्दै गयो भने कोहि नयाँ कोहि पुरानो, कोहि तल र कोहि माथि भन्ने विवाद अन्त्य हुने बताए ।
डा. भट्टराईले भाषा संस्कृति र मनोवैज्ञानिक क्षमताको कारण राज्य सत्तामा बन्चित बन्न गएको कारण विभेद उत्पन्न भएको बताए । 

कर्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर लगायत अन्य नेताहरु पनि उपस्थित थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै