• २०८१ बैशाख ६ बिहीबार

नक्शा प्रकरणमा प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक 

kharibot

काठमाडौं । भारतीय नयाँ नक्शाका बारेमा साझा धारणा तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

शनिबार १२ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको छ ।

“प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गर्नुभएको हो”, सल्लाहकार डा अर्यालले भने ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ । 

भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहेको छ । सत्तारुढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्शाको विरोध गरिरहेका छन् । 

आज पनि भारतीय दूतावास नजिक विभिन्न समूहले प्रदर्शन गर्दै विरोध गरेका थिए । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो –कालापानी क्षेत्र नेपालको भूभाग हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै