प्रदेश राजधानी छिट्टै तोकिन्छ : मुख्यमन्त्री पौडेल

खरीबोट

मेलम्ची । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिटै ताकिने बताएका छन् । उनले उक्त विषय संवैधानिक प्रक्रियामै अघि बढेको उल्लेख गरे ।  

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको भावना अनुरुप राजधानी तोकिने बताए ।

प्रदेशसभाको दुईतिहाई सदस्यले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाउने संवैधानिक प्रक्रिया भए पनि सकेसम्म सहमतिकै आधारमा जान खोज्दा ढिलाइ भइरहेको उनले प्रष्ट पारे ।

“सहमति भएन भने संवैधानिक प्रक्रियामा जानैपर्छ, त्यसपछि कहाँ हुन्छ भन्न सकिन्न”, मुख्यमन्त्री पौडेलले भने । सहमतिबिना संवैधानिक प्रक्रियामा गएर भए पनि छिट्टै स्थायी राजधानी तोकिने उनको भनाइ थियो ।  

सम्बन्धित समाचार

प्रदेश राजधानी छिट्टै तोकिन्छ : मुख्यमन्त्री पौडेल

मेलम्ची । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिटै ताकिने बताएका छन् । उनले उक्त विषय संवैधानिक प्रक्रियामै अघि बढेको उल्लेख गरे ।   सिन्धुपाल्चोकको सुनकोशी

प्रदेश राजधानी सर्दैन : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उनले आफूले प्रदेशको राजधानी

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : प्रदेश अध्यक्ष घर्ती

रूपन्देही । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ की अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकी छन् । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको

सुदूरपश्चिम प्रदेश राजधानीको डिपीआर यसै वर्ष

अत्तरिया। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरी प्रक्रिया अघि बढाइने भएको छ ।  शुक्रबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइको निर्णयबाट


z