जर्जिया पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

खरीबोट

काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका-१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका-६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएको भन्ने जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजतलास गर्दै जाने क्रममा मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा निज राईले राजन राईबाट ३ लाख ५० हजार र ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित समाचार

लागुऔषधसहित एक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले २ लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका २९ वर्षीय दीपक सिंह मोक्तान रहेको जिल्ला

कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ

घोडाघोडी । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन्। कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन्। पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट

२ किलो चाँदीसहित भुटानी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले २ किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक

अवैध रुपमा भन्सार छलेर लैजान लागेको चाँदीसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानद्धारा भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजाने लागेको २ केजी


z