• २०८१ बैशाख ८ शनिबार

उपनिर्वाचन २०७६ : उम्मेदवारको विरोधमा उजुरी परेन

kharibot

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला  निर्वाचन क्षेत्र नं १, बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं २ को २ र दाङ जिल्ल्ला निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकाहरूविरुद्ध उजुरी नपरेको हो ।

आयोगले सम्बन्धित जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि आज बिहान ११ देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेकामा उक्त समयमा कसैले पनि उजुरबाजुर नगरेका हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै