• २०८१ बैशाख १३ बिहीबार

कास्की-२ मा काँग्रेसको तीन हजार पाँच सय ५१ सदस्यीय प्रचार समिति

kharibot

पोखरा । नेपाली काँग्रेस कास्कीले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।

निर्वाचन तयारी सम्बन्धमा पार्टीको कास्की क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा आज आयोजित भेलाले पार्टीका जिल्ला सभापति कृष्ण केसी संयोजकत्वमा समिति गठन गरेको हो ।

त्यस्तै क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला र पोखरा महानगर समिति सभापति बजीरमान श्रेष्ठ सहसंयोजक रहेका छन् । पार्टीले यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटा वडामध्ये वडा नं ४ मा नेता यज्ञबहादुर थापा, वडा नं ७ मा शुक्रराज शर्मा, ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण बिजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक तोकिएको छ । 

त्यस्तै वडा नं १७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकिएको छ । भेलाले २६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । 

विभिन्न उपसमितिमध्ये अर्थ सङ्कलनमा ऋषि सापकोटा, अनुगमनमा राजेन्द्रनिधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवी परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक रहेका छन् । 

त्यस्तै उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ, भ्रातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, बुथ परिचालनमा विजयराज आचार्यलाई संयोजकको जिम्मेवारी दिएको छ ।

भेलामा कास्की काँग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकले आ–आफ्नो क्षेत्रमा पुगी यथाशक्य काम थाल्न निर्देशन दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै