• २०८१ बैशाख ११ मंगलबार

रियल सोसियडाड ला लिगाको शिर्ष स्थानमा

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल सोसियडाड शिर्ष स्थानमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा रियल सोसियडाड र लेगानेज १-१ गोलको बराबरी खेलेपछि रियल सोसियडाड शिर्ष स्थानमा पुगेको हो ।

रियलका लागि मिकेल मेरिनोले खेलको ६३औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लेगानेज एन नेसयरीले खेलको ७८औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

खेलको अन्तिम मिनेटमा लेगानेजका केभिन रोड्रीगेजले रातोकार्ड पाएर मैदान छोडेका थिए ।

रियल सोसीयडाड १३ खेलमा २३ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दुई खेल कम खेलेको बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ भने रियल म्याड्रिड पनि २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै लेगानेज भने १३ खेलमा ६ अंकसहित पुछारमा रहेको छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै