• २०८१ बैशाख ५ बुधबार

एमसीसीसँग नेपाली टिमको लज्जास्पद हार 

kharibot

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपालको मिक्स टिम पराजित भएको छ । एमसीसीले नेपाललाई ११३ रनले पराजित गरेको छ ।

एमसीसीले दिएको १९० रनको लक्ष्य पछाएको नेपाली टिम १३.१ ओभरमा ७६ रन मात्र बनाउदा अल आउट भएपछि नेपालीले टिम लज्जास्पद हार बेहोरेको हो ।

नेपालका लागि रसिद खानले सर्वाधिक १८ रन बनाए भने सन्दीप जोराले १६ रन बनाए भने कुशल भुर्तेलले १४ र भिम सार्कीले १३ रन बनाएका थिए । त्यस्तै असिफ सेखले ४, अमित श्रेष्ठले एक, कप्तान रोहित पौडेलले ६ रन बनाएका थिए ।

एमसीसीका बलर एड योंगले ३ विकेट लिए भने क्रिस राइट, ओलिभर हन्नोन डलबी र एलेक्स थम्प्सनले २-२ विकेट लिए । त्यस्तै वील रोड्सले एल विकेट लिए ।    

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपाललाई १९० रनको लक्ष्य दिएको थियो । एमसीसीले २० ओभरमा ७ विकेट गुमाउदै १८९ रन बनाएको हो ।

एमसीसीका लागि विल गोडलेम्यानले सर्वाधिक ५४ रन बनाएका थिए । त्यस्तै एड योंगले ४२ रन बनाए भने माइल्स हाम्मोडले २९ रन बनाए । त्यस्तै एलेक्स थम्प्सनले अविजित २० रन बनाएका थिए ।

नेपाली बलर रसिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहोरा र सुशान भारीले एक एक विकेट लिएका थिए ।

एमसीसीविरुद्ध नेपाल आज रोहित पौडेलको कप्तानीमा जितेन्द्र मुखिया, आसिफ सेख, कुशल भुर्तेल, अविनाश बोहोरा, रसिद खान, कमल सिंह ऐरी, भिम सार्की, अमीत श्रेष्ठ, सन्दीप जोरा र सुशान भारी खेलेका थिए ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै