• २०८१ बैशाख १३ बिहीबार

बालुवाटारमा सर्वदलीय बैठक सुरु

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा भारतीय नयाँ नक्शा सार्वजनिक गरेपछिको अवस्था बारे छलफल हुने बताइएको छ । 

बैठकमा दलका शीर्ष नेता र परराष्ट्र विज्ञलाई बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकले सीमा विवादका विषयमा साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ । 

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधनवकुमार नेपाल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै मन्त्रिपरिषदका सदस्य, पुर्व परराष्ट्रमन्त्रीहरु तथा नेकपा शीर्ष नेतासँगै विभिन्न दलका शीर्ष नेताको सहभागीता रहेको छ । 

भारतको नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको विरोध जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै