• २०८१ बैशाख ७ शुक्रबार

सार्क क्षेत्रमा विपद् पूर्वतयारी वढाउनुपर्ने 

kharibot

काठमाडौँ । दक्षिण एशिया क्षेत्रीय स्तरको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सार्क क्षेत्रका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरु, रेडक्रसका प्रतिनिधिहरु तथा संयुक्त राष्ट्रसंघीय र साझेदार निकायहरुको वीच तीन दिने पूर्वतयारी छलफल कार्यक्रम काठमाडौँको बुढानिलकण्ठमा सम्पन्न भएको छ ।

कार्यक्रममा विपद्का दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा रहेको दक्षिण एशियामा मौषम परिवर्तन र तापमान बृद्धिको कारणले मानिसहरु अझ समस्यामा पर्नसक्ने भएकोले सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी ठोस कार्य गर्नुपर्ने आवश्यकता औैँल्याइएको छ ।

प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुवीचको सम्झौता सार्क अग्रिमेंट अन र्यापिड रेस्पोन्स टु नेचुरल डिजास्टर्सको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्न सार्क सचिवालय र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको संयूक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।

यस अघि कार्यक्रमको सुभारम्भ गर्दै नेपाल सरकारको तर्फबाट राष्टिय पुननिर्माण प्राधिकरणका प्रमुख शुशिल ज्ञवालीले भने,“आवास तथा पूर्वाधार निर्माणमा नयाँ प्रविधि अपनाउने र स्थानीय वासिन्दा तथा स्थानीय तहले नै विपद् व्यवस्थापनको जिम्मेवारीलिने अवस्थामा नेपाल अगाडि बढिरहेको छ । ”

अफगानस्तान, बंगलादेश, भुटान, मालदिप्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारी प्रतिनिधिहरु र ती देशका  रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरु र सार्क सचिवालय, सार्क खाद्य वैँक, युएन ओचा, विश्व खाद्य कार्यक्रम, एडिपिसी, युनिसेफ नेपाल, आइसीआरसी नयाँदिल्ली क्षेत्रीय कार्यालय र स्वीस रेडक्रसका प्रतिनिधिहरुले नोभेम्बर ४ देखि ६ सम्म  छलफल गरेका थिए भने  भारत समेतका सवै देशका  रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरुले शुक्रबारसम्म सहयोगी भूमिकासम्बन्धमा पुरक छलफल गरेका थिए ।  

बैठकले प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुवीचको सम्झौता सार्क अग्रिमेंट अन र्यापिड रेस्पोन्स टु नेचुरल डिजास्टर्सको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सवै सदस्य देशहरुमा कानुनी  र नीतिगत तयारी गर्न, एक आपसको सिकाईलाई थप ध्यान दिन  तथा सुचना, सञ्चार र चेतना वढाउन आव्हान गरेको छ ।

विपद पूर्वतयारी र अल्पिकरणमा सार्क सचिवालयले रेडक्रसको महासंघसँग मिलेर कार्यगर्ने बताउँदै सार्कका महासचिव  अमजद हुसैन बि सियालले सार्क क्षेत्रीय स्तरमा विपद्ले पार्ने प्रभावको अध्ययन भैसकेको र सवै सदस्य देशहरुबीच वातावरण संरक्षण तथा विपद व्यवस्थापनको क्षेत्रमा स्रोतको सहभागिता गर्दै पृथ्वीलाई राम्रो बनाउने सहमति गरिएको जानकारी दिए ।

वढ्दो शहरीकरणका बीच पानीको नजीक रहेका दक्षिण एशियाका मुख्य शहरहरु जलवायु परिवर्तनको कारण वढी जोखिममा रहेको बताउँदै रेडक्रसका अन्तराष्ट्रिय महासंघका निर्देशक  जेभियर कास्टेलानोसले विकाससँग विपद पनि जोडिएकाले बाटो, बन्दरगाह, पुल लगायतका भौतिक पूर्वाधारहरु राम्रो बनाउन सके विपदको समयमा सहयोग गर्न सघाऊ पुग्ने धारणा व्यक्त गरे ।

युएन ओचा एशिया प्रशान्त क्षेत्रीय कार्यालयका प्रमुख यमी मार्टिनले समुदायलाई केन्द्रमा राखी विकास प्रकृयाहरु अघि वढाउनुपर्ने आवश्यकता औँल्याईन ।

पहलकदमी तथा कार्यको लागि आव्हान :

सार्क अग्रिमेंट अन र्यापिड रेस्पोन्स टु नेचुरल डिजास्टर्स (सार्क घोषणापत्र) को उचित कार्यान्वयनमा सहभागीहरुले सिफारिश गरेका मुख्य बुँदाहरु :
 
१.  सूचना, सञ्चार र जनचेतना वढाउन :
क. समन्वय र सूचना सम्प्रेषणलाई चुस्त बनाउन हरेक राष्ट्रले तत्काल फोकल प्वाइन्ट तोक्नुपर्ने ।
ख.सार्क स्तरमा विपद् सम्बन्धि मुख्य केन्द्रको रुपमा सार्क विपद् व्यवस्थापन केन्द्रको औपचारिक स्थापना र क्षमता बृद्धि
ग. इन्फोगा्रफिक्स, श्रव्यदृश्य सामग्री तथा सामाजिक सञ्जालजस्ता माध्यमबाट सरोकारवाला र जनसमक्ष सुचना सम्प्रेषण

२. क्षमता विकास र सिकाईको पक्षमा जोड दिन :
क. संयुक्त हिसावले क्षमता अभिवृद्धिका गतिविधिको विस्तार
ख. समन्धित देश र रेडक्रसको अन्तरक्रियामा अभिबृद्धि
ग. क्षेत्रीय स्तरमा कृतिम अभ्यासहरुको आयोजना

३. आन्तरिक र क्षेत्रीय नीति नियमहरुको सुदृढीकरण गर्न :
क. विपद् सम्बन्धि क्षेत्रीय र अन्तर्राष्ट्रिय मार्गनिर्देशन अनुसार हरेक मुलुकले नीति नियमहरुको नक्शांकन, विश्लेषण र मुल्याँकन
ख. नीति नियमहरुको नक्शांकन, विश्लेषण र मुल्याँकनमा समन्धित देशका सान्दर्भिक मन्त्रालय र प्राधिकरणहरुको सहभागिता वढाउने ।  
ग. नीति नियमहरुको नक्शांकन, विश्लेषण र मुल्याँकन जस्ता क्षेत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक सहयोग वढाउने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै