• २०८१ बैशाख ७ शुक्रबार

दराजको सेल डेको फाइदा कसरी उठाउने

kharibot

काठमाडौँ । नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एक दिनको सेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरातदेखि आयोजना गर्ने कुरा आए लगत्तै देश भरि एसको चर्चा चलेको छ । 

यो एक दिनको सेलमादराजले भाउचरहरु, फ्लेश सेल, ३००० भन्दा बढि विक्रेता सँग मिली ३ लाख भन्दा बढि समानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु लिएर आउनेछ । 

साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा रु ३,५०० सम्मको छूट पाउनेछन् । 

यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ । साथै सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी,वाशीङ मशीन, रुम ग्यास हिटर, आदी समानहरुमा ठुलो छुट दिनेछन् ।

यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन्। ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन ।

जस्तो कि टाइटनका उत्पादनहरुमा २५% को छूट;मन्त्रनाइकी,गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा ३५% को छूट; भ्यान्सका उत्पादनहरुमा ५०% सम्मको छूट;आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० % सम्मको छूट;र अन्य अरु धेरै ।

यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपाल भरि का उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ ।

उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्डबाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ ।

यस सालको ११.११मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट ¥याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ । 

साथै दराज ले यसपाली को ११.११ मा उपभोक्ताहरुले भाउचर तथा उपहारहरु जित्ने अवसर पाउन भनि सामाजिक संजाल मा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य विडियोहरुका साथैइन–एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै