सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : वरिष्ठ नेता खनाल

खरीबोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् । 

नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए ।

हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उहाँले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गरे । “लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो”, उनले भने, “यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।” 

भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उहाँले प्रष्ट पारे । नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकाङ्क्षाअनुसार काम हुननसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे । उनले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढङ्गबाट सरकारका कामकारवाही अगाडि बढाउन सुझाव दिए । 

नेपाल संवत् सिङ्गो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताए । “नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्का रुपमा मानेको छ”, उनले भने, “यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ ।”

कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्ण साथ तथा सहयोग रहेको बताए । नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति  थियो । सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार

प्रचण्ड कस्तो कार्यकारी ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीच लामो समयदेखि चलेको अन्तरद्वन्दलाई तत्कालका लागि समाधान गरिएको छ । बुधबार बसेको सचिवालय बैठकले एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले

नेकपासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी(माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन् । रिपोर्टस् क्लब दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई !

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनका लागि जुटे पनि अन्ततः आज (बुधबार) मन्त्रिमण्डल पुनगर्ठन नहुने भएको छ । दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति जुटाएको थियो

नेकपा सचिवालयको चारबुँदे निर्णय, के के छन् ?  

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यकारी अध्यक्षको रूपमा पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठकले


z