इरानले यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पुर्याउने

खरीबोट

फाइल तस्बीर

तेहरान । इरानले अब यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पुर्याउने भएको छ ।

सम्झौतामा इरानको यूरेनियम प्रशोधन क्षमतालाई ३.६७ प्रतिशतमा झार्नुपर्ने सीमा तोकिएको थियो । वासिङ्टनले एकतर्फी रूपमा सम्झौता तोडेको र इरानमाथि आर्थिक नाकाबन्दी कडा पारेको भन्दै आफूले अव उप्रान्त यसलाई मान्न बाध्य नहुने घोषणा गरेको हो ।

इरानको आणविक शक्ति सङ्गठनका प्रवक्ता बेहरूज कमालवन्दीले शनिबार भने, “हाम्रो आवश्यकता अनुसार र हामीलाई आएको माग अनुसार यूरेनियमको उत्पादन (प्रशोधन)लाई पाँच प्रतिशत पुर्याएका छौँ ।”

अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरूसँग सन् २०१५ मा भएको आणविक सम्झौतामा इरानले यूरेनियमको प्रशोधनलाई घटाउने सहमति भएको थियो । तर अमेरिकाले उक्त सम्झौताबाट फिर्ता भएको घोषणा गर्दै इरानमाथि सन् २०१५ पहिले लगाइएका प्रतिबन्धलाई निरन्तरता दिएको थियो । 

अमेरिकी ट्रम्प प्रशासनले इरानसँगको सम्झौताबाट अमेरिकालाई घाटा भएको दावी गर्दै पुनः नयाँ सम्झौता गनुपर्ने धारणासहित हाल इरानविरूद्ध कडा नीति अवलम्बन गरेको छ । 
अमेरिकाले इरानलाई आर्थिक प्रतिबन्धहरू लगाएर नयाँ सम्झौताका लागि तयार बन्न दवाब दिँदै आएको छ । 

तर इरानले अमेरिकी कदमको विरोध गर्दै सम्झौता अनुरूप अमेरिका अघि बढ्नुपर्ने बताउँदै आएको छ । यसका लागि इरानले सम्झौतामा हस्ताक्षर गरेका अन्य शक्ति राष्ट्रहरूलाई सम्झौता कार्यान्वयनका लागि आग्रह गर्दै आएको छ । 

इरानले सम्झौता कार्यान्वयनमा नआए आफूले मात्र यसलाई पालना गर्न बाध्य नहुने जिकिर गर्दै सम्झौताबाट क्रमशः फिर्ता हुने जनाउँदै आएको थियो । यसै प्रसङ्गमा इरानले आफ्नो यूरेनियम सङ्कलन क्षमतालाई पाँच प्रतिशत पुर्याउने बताएको हो ।

सम्बन्धित समाचार

इरानमा पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणाको विरोधमा प्रदर्शन

तेहरान । इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्। इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक

इरानले यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पुर्याउने

तेहरान । इरानले अब यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पुर्याउने भएको छ । सम्झौतामा इरानको यूरेनियम प्रशोधन क्षमतालाई ३.६७ प्रतिशतमा झार्नुपर्ने सीमा तोकिएको थियो । वासिङ्टनले एकतर्फी रूपमा सम्झौता तोडेको र इरानमाथि

इरानमा भूकम्प जाँदा पाँचको मृत्यु, १२० घाइते

तेहरान । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान २:१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले

पाकिस्तानी प्रधानमन्त्री इमरान खान इरान भ्रमणमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला उनी त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका र साउदी अरबको


z