• २०८१ बैशाख ११ मंगलबार

क्रिस्टल प्यालेसमाथि चेल्सी विजयी, अब्राहिमले गरे कीर्तिमानी गोल

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

घरेलु मैदानमा स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा युवा खेलाडी टमी अब्राहिम र क्रिस्टियन पुलिसिकले एक एक गोल गरेका छन् ।

इब्राहिमले यस सिजनमा चेल्सीका लागि ११औ गोल गर्दै चेल्सीका कम उमेरमा ११ गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । अब्राहिमले २२ बर्ष ३८ दिनमा प्रिमियर लिगमा ११ गोल गरेका छन् । चेल्सीका लागि यस अघि आर्जेन रोबिनले २१ बर्ष ३४२ दिनको उमेरमा प्रिमियर लिगमा ११ गोल गर्दै किर्तिमान बनाएका थिए ।

जितपछि चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १२ खेलमा २६ अंक भएको छ । चेल्सीभन्दा एक खेल कम खेलेको लिभरपुल ३१ अंकसहित शिर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी पनि एक खेल कम खेल्दै २५ अंकसहित दोस्रो स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै