एसिड आक्रमणमा सघाएको आरोपमा एक जना पक्राउ

खरीबोट

हेटौँडा । साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन् । 

पक्राउ परेका मण्डलले मुख्य अभियुक्त केशरीलाई एसिड किन्न सघाउनुका साथै एसिड आक्रमणपछि आफ्नो मोटरसाइकलमा राखेर हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको मुख्य प्रवेशद्वार नजिक पुर्याई त्यहाँबाट वीरगञ्जतर्फ  जाने बसमा चढाएको आरोप छ ।

विसं २०७० वैशाख ९ गते हेटौँडाकी १९ वर्षीया किशोरी कंशाकारमाथि केशरीले एसिड छ्यापेका थिए । भारतीय नागरिक केशरीलाई बारा प्रहरीको सहयोगमा मकवानपुरको प्रहरी टोलीले कात्तिक १५ गते बाराबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ

काठमाडौँ । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई

अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा

वडाध्यक्ष घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण

डडेल्धुरामा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । २२ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् । सोमबार साँझ उनले बुहारी


z