• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाको जितमा मेसीको कीर्तिमानी ह्याट्रिक

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गरेको छ ।

गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले सेल्टालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् । मेसीले खेलको २३औ, ४५औ र ४८औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । मेसीले एक गोल पेनाल्टी र बाँकी दुवै गोल फ्री-किकबाट गरेका थिए ।

यो सँगै मेसीले ला लिगामा आफ्नो ३४औ ह्याट्रिक पुरा गर्दै क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको बराबरी गरेका छन् । त्यस्तै एक गोल बस्क्वेट्सले गरेका थिए ।

जित पछि बार्सिलोना १२ खेलमा २५ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ । सेल्टाको भने १३ खेलमा केवल ९ अंक रहेको छ । 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै