• २०८१ बैशाख १३ बिहीबार

चन्दा बाटै चल्छ प्रदेश २ को एक मात्रै गुम्बा बिद्यालय

kharibot

बारा । बाराको निजगढ नगरपालीकाको १० नम्बर वडामा पर्ने दुर्गम क्षेत्रको चुरे पहाडमा अवस्थित प्रदेश दुई कै एक मात्र पाल युल सम्तेन लिङ्ग गुम्बा बौद्ध बिद्यालय ! जुन की चन्दा , लामा शिक्षकले गाउँमा गर्ने धार्मीक कर्म बापत दिईने रकमबाट चलेको छ ।

करिब २५ जना बिभिन्न जिल्लाका अनाथ बालकहरु रहेको सो बिद्यालयमा पठनपाठनका लागी बौद्ध गुरुले गाउँघर पुजापाठ गरे बापत प्राप्त हुने दान र सहयोगीहरुको भौत्तिक र आर्थिक चन्दाबाट घिस्रँदै बिद्यालय सञ्चालन भैरहेको हो ।

बारा, मकवानपुर, सर्लाही लगायत भारतको सिक्किम सम्मका अनाथ बालबालीकाहरुले अध्ययन गरिरहेको यो प्रदेश नम्बर २ कै नमुना शिक्षालय समेत हो ।

बौद्ध सिक्षाका अलावा नेपाली पाठहरु समेत अध्ययन गराईने उक्त बिद्यालयमा कलम कापी सँधै जसो अभाव हुने गर्दछ ।

भिक्षु बिद्यार्थीहरुलाई बस्ने समस्या नरहे पनि , पानीको समस्या हुँदा दैनीक नुहाउँन र सरसफाई गर्न नपाउँदा अधिकाशं बौद्ध बिद्यार्थीहरु चर्म रोगको सिकार बनेको छ । पानीका लागी १५ सय मिटर तल पुग्नु परे पछि दैनीक सरसफाईमा समेत बिद्यार्थीहरु बञ्चित हुन पुगेको हो ।

सानो उमेरमा पढ्न नपाएका तामाङ्ग समुदायका लागी बौद्ध शिक्षा दिलाउँने उद्देश्यले खोलीएको उक्त बिद्यालयमा बनेको समितीका सचिव रेशम लामाले सरकारी सहयोग हालसम्म नआएको र दाता र बौद्ध गुरुको सहयोगमा खाना बस्न सम्म पुगेको बताए ।

तीन वर्ष पढाई भए पछि भिक्षु बिद्यार्थीहरुलाई थप अध्ययनको लागी दक्षिण भारतको बौद्ध गुम्बामा निःशुल्क पढाईने गरेकोले त्यहाँ पठाईने गरेको समितीले जनाएको छ ।

बिजुली पानीको चरण अभाव भोगेको उक्त विद्यालयमा बौद्ध भिक्षु संगे छिरिङ्गले अघिल्लो वर्षबाट यहाँ निःशुल्क शिक्षा दिईरहेका छन् । उनी पनी देश बिदेशका बिभिन्न गुम्बाहरुमा लामाका रुपमा काम गरेको अनुभव लिएर यहाँ आएका हुँन् ।

उनले स्थानीयले खानामा सहयोग र गुम्बामा दशएन गर्न आउने दाताहरुले चन्दाबाट बिद्यालय चलेको र बिभिन्न जिल्लाका अनाथ भिक्षुहरु पठन राखिएको बताए ।

यहाँ भर्ना भएका बिद्यार्थीहरु ५ वर्ष देखी १४ वर्ष सम्मका छन् । कतिपयको बाबु आमा नैं छैनन् , भने कतिपयको बाबु वा आमा छैनन् । उनीहरुलाई यहाँ ल्याएर हुर्काउने , बढाउँनेसँगै शिक्षा दिने काम गरिन्छ ।

पानीको समस्याले गर्दा यहाँका कति पय बिद्यार्थीहरुको कान पाक्ने, हातखुट्टामा खटिरा आउँने लगायतका समस्या भोगिरहेका छन्

प्रदेश नम्बर २ मैं बिद्यार्थी अध्ययन गर्ने एक मात्र गुम्बालाई सम्बर्ध नगरी पर्यटकिय सम्भावना खोज्नु आवश्यक रहेको भन्दै उनले २४ बिद्यार्थीलाई स्टेशनरीका सामान र खाद्य सामग्री सहिँत केही नगद रकम उपलब्ध गराएका छन् ।

लाल गाउँको डाँडामा रहेको यो गुम्बा पुग्ने सडक निजगढ नगरपालीकाले निर्माण गरिदिएको छ । यहाँ निर्माण भएका भवनहरु भने यहाँ कै स्थानीयको सानो सानो आर्थिक सहयोगमा निर्माण भएको हो ।

सामाजीक दाताको रुपमा परिचय बनाएका स्थानीय युवा नेता समेत रहेका श्यामबाबु गुप्ताले सँधै पुजापाठ लगायतका चन्दाले बिद्यालय नचल्ने हुँदा तिनै तहको सरकारको ध्यान जान जरुरी रहेको बताए ।

बौद्ध शिक्षा लिन भारत जान रोक्ने अभिप्रायले थालनी गरेको यो बौद्ध बिद्यालयमा बेलैमा सबै तह र सरकारको ध्यान जान जरुरी देखीन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै