• २०८१ बैशाख १३ बिहीबार

भिटेनले गाए ‘सरौतो’को प्रमोशनल गीत 

kharibot

काठमाडौँ ।  युवापुस्ता माँर्झ यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ ।

र्यापमार्फत उदाएका भिटेनले मङ्सिर १३ गते रिलिज हुने लागेको फिल्म ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । फिल्म सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् ।

यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । उनले पहिलो पटक नेपाली फिल्मका लागि तयार पारेको गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो । गीतमा मार्फत भिटेनले अन्याय सहन नहुने भाव व्यक्त गरेका छन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान पनि देखिएकी छिन् । 

गीतलाई तिहारको छेकोमा छायाँकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत भएका छन् । फिल्मकै थिम अनुसार गीतलाई तयार गरिएको छ । गीतलाई फिल्मकै निर्देशक हरी हुमागाईंले यसलाई तयार गरेका हुन् ।

रुथलेस बिट्जको संगीत र मिक्सिङ्ग रहेको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । गीतलाई ’सरौतो’ टाइटलमै रिलिज गरिएको हो भने यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् ।

यसमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांगलगायतको अभिनय रहेको छ । फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । 

यसलाई काठमाडौँ, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै