• २०८१ बैशाख १२ बुधबार

विश्वकप फाइनल दोहोरियो, इङल्याण्डले न्युजील्याण्डलाई सुपर ओभरमा हरायो

kharibot

काठमाडौँ । इङल्याण्डले न्युजील्याण्डलाई सुपर ओभरमा पराजित गर्दै टी-२० सिरिज जितेको छ । खराब मौसमले प्रभावित भएको खेल ११-११ ओभर खेलाइएको थियो ।

न्युजील्याण्डले दिएको १४७ रनको लक्ष्य पछाएको इङल्याण्डले ११ ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएपछि खेल बराबरी भएको थियो ।

निर्धारित ११ ओभरमा दुवैले समान रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको छ । सुपर ओभरमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै १७ रन बनाएको थियो । १८ रनको लक्ष्य पाएको न्युजील्याण्डले सुपर ओभरमा केवल ८ रन मात्र बनाएको थियो । सुपर ओभरमा इङल्याण्डका लागि क्रिस जोर्डनले बलिङ गरेका थिए ।

यो सुपर ओभरले २०१८ मा यी दुवै देशबीच भएको विश्वकप फाइनलको झल्को दिएको छ । विश्वकप फाइनलको सुपर ओभर समेत बराबर भएको थियो भने यो सुपर ओभरमा इङल्याण्डले सजिलै न्युजील्याण्डलाई पराजित गरेको छ ।  

यो जितसँगै इङल्याण्डले सिरिज ३-२ ले जितेको छ । इङल्याण्ड टुरमा रहेको ले अब न्युजील्याण्डले अब दुई टेस्ट खेल्ने छ । टेस्ट सिरिजको पहिलो खेल नोभेम्बर २१ मा शुरु हुने छ ।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै