• २०८१ बैशाख १३ बिहीबार

नक्सा प्रकरणमा मोदीसँग ‘वान टू वान’ वार्ता गर्नुपर्छ : डा डिला संग्रौला

kharibot

रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले भारतसँगको सिमा विवाद दुई देशका प्रधानमन्त्रीबीच ‘वान टु वान’ बार्ताबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

रिपोटर्स क्लब नेपाल प्रदेश ५ ले आइतबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी नेतृ संग्रौलाले सो कुरा बताएकी हुन् ।

कुटनीतिक र राजनीतिक वार्ताले मात्र समस्याको समाधान हुन नसक्ने उनको तर्क छ । ‘अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन’ उनले भनिन्, ‘स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टू वान वार्ता’ बाटै सिमा विवाद अन्त्य गरिनुपर्छ ।’

नेतृ संग्रौलाले नेपालको सिमा रक्षाका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताइन् । ‘सिमा विवाद समाधानका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बेला आएको छ’ उनले भनिन्, ‘सबै दलबीचका एकताका आधारमा प्रधानमन्त्रीले वार्ताबाटै सिमा विवाद अन्त्यको पहल गर्नुपर्छ ।’ भारतले आफ्नो डिजिटल नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेपछि अहिले चौतर्फि विरोध भैरहेको छ ।

एक फरक प्रसङ्गमा बोल्दै उनले सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर गलत नजिर बसेको बताइन् । संविधान लागू गर्ने कुरालाई राजनीतिक प्रतिशोधको विष बनाउने नहुनेमा उनको जोड् छ ।

सरकार संविधान कार्यान्वयन भन्दा पनि प्रतिशोधको बाटोमा उन्मुख भएको भन्दै उनले यसबाट संघीयता कमजोर हुने तर्क गरिन् ।

नेतृ संग्रौलाले हरेक मुद्धामा कमजोर हुदै गएको आरोप समेत लगाएकी छन् । 

‘सरकारले सुशासन कायम गराउन तथा भ्रष्टाचार रोक्न सकेको छैन ।’

उनले भनिन्, ‘जनताले दुई तिहाइ सरकारको सकारकाबाट शान्ति सुरक्षाको समेत प्रत्याभूति पाउन सकेनन् ।’

पछिल्लो समय महिलाहरुमाथी बलात्कार तथा हत्याका घटनाहरु बढ्दै गएको बताउँदै उनले निर्मला बलात्कार तथा हत्या काण्ड अहिलेसम्म पत्ता लाग्न नसक्नु त्यसको उदाहरण भएको उल्लेख गरिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै