• २०८१ बैशाख ११ मंगलबार

जुवामा संलग्न सेनानी प्रहरी समक्ष उपस्थित

kharibot

काठमाडौँ । जुवामा संलग्न रहेका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई नेपाली सेनाले प्रहरीसमक्ष उपस्थित गरिएको छ ।

नेपाली सेनाका अनुसार कार्तिक १५ गते काठमाण्डौंको सामाखुशीबाट जुवामा संलग्न रहेका शाहीलाई प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जंगी अड्‍डामा बुझाइएको थियो । 

सेनानी शाहीलाई अनुसन्धानको लागि सेनाले आइतबार अनुसन्धानको लागि महानगरीय प्रहरी वृत, महाराजगञ्‍जमा उपस्थित गराइएको हो । 

नेपाली सेनाले गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दै आइरहेको र यस नीतिलाई थप प्रभावकारी बनाउन नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको जनाएको छ ।

नेपाली सेनाले गैर कानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐन बमोजिम कारवाही गरिने तथा अनुसन्धानको लागि प्रहरी प्रशासनबाट उपस्थित गराई दिन अनुरोध भई आएमा अनुसन्धानमा सहयोग पुर्‍याउन संलग्न सैनिक व्यक्तिलाई  उपस्थित गराउने गरिएको जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै