• २०८१ बैशाख १३ बिहीबार

डा. केसीको स्वास्थ्य अस्पतालको क्षमता भन्दा बाहिर-डडेल्धुरा अस्पताल

kharibot

डडेलधुरा । सात दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले सुविधा सम्पन्न ठाउँमा लान सुझाव दिएको छ । 

अस्पतालमा विज्ञप्तिमा केसीको ब्लड प्रेसर घटेको, मुटुको चाल वृद्धि भएको, रगतमा अक्सिजनको मात्रा घटेको र मिर्गौलामा समस्या देखिएको उल्लेख गरिएको छ । 

‘अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको कारण उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमता भन्दा बाहिर गएको बखत डडेलधुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसकिने ब्यहोरा यसै विज्ञप्तिबाट जनकारी गरिन्छ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ । 

स्वास्थ्य अवस्था खराब बन्दै जाँदा केसीको उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, दक्ष जनशक्ति अस्पतालमा नभएको विज्ञप्तिमा उल्लेख छ ।

डा. केसी कात्तिक १८ गतेदेखि डडेलधुरामा १७ औं अनसन बनेका हुन् । आइतबार उनी अनसन बसेको ७ औँ दिन हो । डा. केसीले भने आइतबार नै पत्रकारसँग कुरा गर्दै आफू अन्तिम समयसम्म पनि डडेलधुरामै बस्ने बताएका छन् । 

‘सरकार पक्षका मानिसले अहिलेसम्म आफ्नो आन्दोलनलाई चासो दिएका छैनन्’, डा. केसीले भने, ‘सरकारले जनताका मागलाई लत्याउने प्रयास गरिरहेको छ, अब पनि सुनुवाइ नभए कडा आन्दोलनमा जान्छु ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै