• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसको जितमा डिबालाको गोल, रोनाल्डो फेरी सब्सटिच्युट

kharibot

काठमाडौं । इटालियन सिरी ए मा युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले मिलानलाई १-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले खेलको एक मात्र गोल गरेका हुन् ।

गोन्जालो हुगैनको असिस्टमा डिबालाले खेलको ७७औ मिनेटमा गोल गर्दै युभेन्टसलाई जिताएका हुन् ।

खेलको ५५औ मिनेटमा क्रिस्टियानो रोनाल्डोको ठाउमा सब्सटिच्युट भएर आएका डिबालाले खेलको निर्णायक गोल गरेका हुन् । रोनाल्डोलाई कोच माउरीजियो सारीले लगातार दोस्रो खेलमा पुरा समय खेलाएका छैनन् । अहिल्लो खेलमा समेत कोच सारीले रोनाल्डोको ठाउमा डिबालालाई सब्सटिच्युट गराएका थिए ।   

जितपछि युभेन्टस १२ खेलमा ३२ अंकसहित लिगको शिर्ष स्थानमा छ भने मिलान १२ खेलमा केवल १३ अंक हासिल गर्दै १४औ स्थानमा झरेको छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै