• २०८१ बैशाख ७ शुक्रबार

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपक चहरको विश्व किर्तिमान

kharibot

काठमाडौं । भारतीय तिब्र गतिका बलर दीपक चहरले टी-२० अन्तर्राष्रि, य क्रिकेटमा कीर्तिमानी बलिङ गरेका छन् ।

गएराती बंगलादेशविरुद्धको खेलमा चहरले ३.२ ओभरमा ७ रन दिएर ह्याट्रिकसहित ६ विकेट लिदै नयाँ विश्व रेकर्ड बनाएका हुन् ।

चहरले १८औ ओभरको अन्तिम बलमा विकेट लिएका थिए भने २०औ ओभरको शुरुकै दुई बलमा दुई विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । यो सँगै चहर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो भारतीय बलर बनेका छन् ।

त्यस्तै चहरले सन् २०१२ मा श्रीलंकाका अजन्ता मेन्डिसले बनाएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व किर्तिमानलाई तोडेका छन् । मेन्डिसले जिम्बाबेविरुद्ध २०१२ सेप्टेम्बर १८ मा ४ ओभरमा ८ रन दिएर ६ विकेट लिदै नयाँ विश्व किर्तिमान बनाएका थिए । चहरले अब मेन्डिसको यो किर्तिमान तोडेर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट बलिङको नयाँ किर्तिमान बनाएका छन् ।

त्यस्तै टी-२० क्रिकेटमा तेस्रो उत्कृष्ट बलिङको रेकर्ड पनि मेन्डिसकै नाममा छ । मेन्डिसले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध ४ ओभरमा १६ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै चौथो रेकर्ड भने भारतीय बलर युजवेन्द्र चहलको नाममा रहेको छ । चहलले सन् २०१७ मा इङल्याण्डविरुद्ध ४ ओभरमा २५ रन दिएर ६ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै