• २०८१ बैशाख ७ शुक्रबार

बङ्गलादेशमा बुलबुलका कारण आइतबार चारको मृत्यु

kharibot

ढाका । बंगलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।

करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८:३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । 

आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो । यद्यपि आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्न बन्दै गएको छ ।

मन्त्रालयले कुल १८ लाख मानिस बुलबुलको कारण प्रभावित बन्नसक्ने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो ।

बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतथबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाए । 

पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् । 

बुलबुलका कारण पश्चिम बङ्गालका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै