• २०८१ बैशाख १३ बिहीबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

kharibot

फाइल तस्बीर

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

बैठकमा पार्टीका विभिन्न आयोगहरूका प्रमुखको नियुक्ति विषयमा छलफल हुने बताइएको छ ।

नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन ।

साथै बैठकमा पछिल्लो राजनीतिक अवस्था, पछिल्लो नक्सा प्रकरणका बारेमा पनि छलफल हुने बताइएको छ । बैठकमा मन्त्रिमण्डल पुनर्गठनको विषयले पनि प्रवेश पाउने सम्भावना रहेको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै