• २०८१ बैशाख ८ शनिबार

डा. केसीलाई काठमाडौँ लैजान सेनाको हेलिकप्टर डडेल्धुरामा

kharibot

डडेल्धुरा । डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीलाई स्थानान्तरण गराउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ ।

काठमाडौँ लैजान नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा आइपुगेको हो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार उनलाई काठमाडौं लैजान सेनाको हेलिकप्टर दह व्यारेगमा ल्यान्ड समेत गरीसकेको छ ।

आज आठौ दिन अनसन गरिरहेका डा. केसीले भने डडेल्धुरा नछोड्ने अडान लिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अनसनको ५औ दिनमा डडेल्धुरा अस्पताल सारिएको थियो  

डा. केसीको ज्यानमै जोखिम भएकाले अस्पतालले स्थानान्तरण गराउन भनेको छ । अस्पतालले विज्ञप्ति प्रकाशित गरेर डा. केसीको स्वास्थ्य अवस्था अस्पतालको क्षमताभन्दा बाहिर रहेको भन्दै सुबिधा सम्पन्न स्थानमा लैजान आग्रह गरेको थियो । ‘डा.केसीको ब्लड प्रेसर घट्न थालेको छ, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको छ, रगतमा अक्सिनको मात्रा घटेको छ र मृगौलामा समस्या देखिएको छ’ अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले भने ‘अब पनि उनलाई काठमाण्डौ लगिएन भने उनको ज्यान जाने खतरा छ।’ 

अहिले डडेल्धुरा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ । डाक्टर केसीको समर्थनमा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ भने बजार पनि बन्द गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै