• २०८१ बैशाख ७ शुक्रबार

समितिमा प्रधानमन्त्री अनुपस्थित, प्रचण्डले भने- कूटनीतिक पहलमार्फत समाधान गरिन्छ 

kharibot

फाइल तस्बीर

काठमाडौं ।  प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएका सीमा समस्याको समाधान कूटनीतिक पहलमार्फत गरिने बताएका छन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले समितिको सोमवारको बैठकमा यस्तो बताएका हुन् ।

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत नेपाली भूमि समेत परेपछि त्यसै सम्बन्धमा छलफल गर्न समितिको बैठक बसेको हो ।

समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोलाइएपनि स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएनन् ।

बैठकमा प्रचण्डले भारतले नयाँ नक्सा जारी गर्दा लामो समयदेखि विद्यमान नेपाल–भारत सीमा समस्या समाधानका लागि सकारात्मक स्थिति बनेको दाबी गरे ।

नेपालका तर्फबाट भएका एकाधबाहेकका प्रधानमन्त्रीहरूको भ्रमणमा यस विषयमा कुरा उठ्ने गरेको प्रचण्डको जिकिर छ ।

'यो सीमासम्बन्धी समस्या लामोसमयदेखि नेपाल र भारत बीचमा छलफल हुँदै आएको विषय हो । नेपाल सरकारका तर्फबाट पटक–पटक भएको प्रधानमन्त्रीहरूको भारत भ्रमणमा यस विषयमा छलफल हुने गरेको हो,' प्रचण्डले भने ।

कालापानी र सुस्तामा देखिएको सीमा समस्याको कुरा प्रधानमन्त्रीहरूको जोइन्ट स्टेटमेन्टमा पनि उल्लेख हुने गरेको स्मरण उनले गराए ।

प्रचण्डले अहिले सीमा समस्या समाधानका सन्दर्भमा अभूतपूर्व एकता बनेको भन्दै खुशी व्यक्त गरे । अब को कता, को कता होइन सबै प्रो-नेपाली भएको प्रचण्डले टिप्पणी गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै