• २०८१ बैशाख ८ शनिबार

पारस र सन्दीपको वरियता खस्कियो 

kharibot

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाली क्रिकेट टिममा पूर्वकप्तान पारस खड्काको वरीयता खस्किएको छ ।

पारस नयाँ वरीयता अनुसार टी-२० को ब्याटिङमा ५५औं स्थानमा रहेका छन् भने लराउन्डरतर्फको वरियतामा २४ स्थानबाट तल खस्किदै ३२औं स्थानमा पुगेका छन् । ब्याटिंगमा पारस यस अघि ४५औ स्थानमा थिए । 

त्यस्तै अराउन्डरको वरियतामा सोमपाल कामी ६७औं स्थानमा छन् भने करण केसी ८८औं स्थानमा छन् ।

नेपाली बलरमध्ये सन्दीप लामिछाने सबैभन्दा माथि छन् । सन्दीप ६४औ स्थानबाट ६८औं पुगेका छन् । त्यस्तै सोमपाल कामी ८४औं स्थानमा र करण केसी १०० औं स्थानमा छन् । 

यसअघि वरीयतामा रहेका बसन्त रेग्मी र अभिनास बोहोरा यस पटक वरीयताको सयको सुचीबाट बाहिरिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै