काँग्रेस कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट - कमल थापा 

खरीबोट

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् ।

ठुला-ठुला भ्रष्ट्राचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए । एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड, वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले बिदेशी हस्तक्षेप र प्रभाब रोक्न राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने आबश्यकता औल्याए ।

परिबर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणबादी मानसिकताको बिकास गर्यौ भन्दै यो प्रवृत्तिको अन्त्य जरुरि भएको बताए । 

कास्की-२ को चुनावी अभियानमा सहभागी हुँदै थापाले कास्किको निर्बाचन परिणामले सरकार ढल्ने वा काङ्ग्रेस बढ्ने अबस्था नभएकोले परिबर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे ।

काँग्रेस कम्युनिस्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्ने हुदा अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मतदान दिन थापाले आग्रह गरे । थापाले आज कास्की-२ को तीन स्थानमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका थिए । ३३ नम्बर वडा बागमारा बजार, २१ नम्बर बडा कृस्ती र पोखरा पुरानो बसपार्क ९ नम्बर वडामा आयोजित सभालाई थापाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ, उम्मेदवार रोम बहादुर भण्डारी र चुनावी अभियानका संयोजक जयलाल पुन लगायतले बोलेका थिए ।
 

सम्बन्धित समाचार

राप्रपा अध्यक्ष थापा र क्याटनरबिच भेटबार्ता 

वाशिंगटन । वाशिंगटन डिसीमा आज राप्रपा अध्यक्ष कमल थापा र अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका महासचिव क्रिस्टिन क्याटनरबीच शिष्टाचार भेट भएको छ । भेटमा राप्रपा र आईडियु को सम्बन्ध सुदृढ तुल्याउने वारे छलफल

राप्रपा अध्यक्ष थापा अमेरिकाको विभिन्न कार्यक्रम र भेटघाटमा

काठमाडौँ । आजदेखि वाशिंगटन डिसीमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । क्यानाडाका पुर्व प्रधानमन्त्री तथा आईडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए । सम्मेलनमा विश्वका ५५

ओली सरकार असफल : राप्रपा संयुक्त अध्यक्ष जबरा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सरकार राजनीतिक रुपमा सफल भएपनि कामको कुरामा असफल भएको भनेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार असफल भएको बताएका छन्। उनले भने,

भारतीय अतिक्रमणको विरोधमा राप्रपाका जनवर्गीय संगठनहरुको प्रदर्शन 

काठमाडौं । भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूमी फिर्ता गर्न माग गर्दै राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् ।  बबरमहलबाट विरोध र्याली गर्दै माइतिघर मण्डलामा पुगेर


z