• २०८१ बैशाख ११ मंगलबार

बलिवुडकी चर्चित गायिका लता मंगेशकर अस्पताल भर्ना

kharibot

मुम्बई । बलिवुडकी चर्चित गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छन् ।

समाचार एजेन्सी पिटीआईका अनुसार गायिका मंगेशकरलाई स्वास फेर्न गाह्रो भएपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको छ । उनलाई आहिले आइसीयुमा राखे उपचार भइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मंगेशकरलाई गएराती २ बजे स्वास लिन गार्हो भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । गत सेप्टम्बर २८ मा आफ्नो ९०औ जन्मदिन मनाएकी गायिकाको स्वास्थ्य अहिले स्थिर रहेको बताइएको छ ।

बलिवडकी चर्चित गायिका मंगेशकरले एक हजार भन्दा बढी गीत रेकर्ड गराएकी छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै