निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेस जित्नुपर्छ : नेता रिजाल

खरीबोट

फाइल तस्विर

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन्।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उनले भने, “सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ।” 

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिदैं कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए।  

उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह पनि गरे।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति, विसङ्गतिलाई रोक्न र सरकारलाई सही बाटोमा हिँडाउन यस चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे।

घरदैलो कार्यक्रममा काङ्ग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसी लगायतका नेता तथा कार्यकर्ता सहभागी छन्।
 

सम्बन्धित समाचार

राष्टपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४

कास्कीमा १९ उम्मेदवारको जमानत जफत, को को हुन् ?

पोखरा । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ ।  सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली

वैकल्पिक राजनीति फेरी अस्वीकृत, अब के हुन्छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास उपनिर्वाचनमा पनि आफ्नो असफल भएको छ । निर्वाचन अगाडी कास्की-२ को प्रतिनिधि सभामा जित्ने दाबि गरेका साझा पार्टी र विवेकशील नेपाली दललाई कास्कीसहित

कास्की-२ अपडेट : बिद्या भट्टराई दोब्बर मतले अगाडी  

कास्की । शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार कास्की-२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएकी छन् । प्राप्त


z