• २०८१ बैशाख ८ शनिबार

अवैध रुपमा भन्सार छलेर लैजान लागेको चाँदीसहित पक्राउ

kharibot

काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानद्धारा भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजाने लागेको २ केजी चाँदी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको उक्त परिमाणको चाँदी फेला परेको हो । 

पक्राउ भुटानी नागरिकलाई बारमद गरिएको चाँदी सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै