• २०८१ बैशाख ७ शुक्रबार

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

kharibot

फाइल तस्विर

गाजा सिटी । इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ।

घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्र्दै भनेको छ, “इजरायली सेना र इजरायलको शिन बेट आन्तरिक सुरक्षा बलले चलाएको संयुक्त कारबाही अन्तर्गत प्यालेष्टिनी कमाण्डर अल–अता बस्दै आएको भवनमा आक्रमण गरिएको र उनीसहित उनकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको छ।” 

स्थानीयबासीले अताको घरमा ठूलो आवाजसहित बिस्फोट भएको बताएका छन्। 

यसैबीच अताले नेतृत्व गरेको इस्लामिक समूहले पनि घटनामा आफ्ना कमाण्डरको मृत्यु भएको पुष्टि गरेको छ। सो समूहले कमाण्डर अताको घरलाई उच्च सुरक्षा घेरामा राखिएको जनाएको छ।

इजरायलले हालै आफ्नो भूमिमा भएका रकेट आक्रमणमा अताको सम्लग्नता रहेको र आगामी दिनमा पनि आक्रमणको तयारी गरिरहेको बताएको थियो।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै