• २०८१ बैशाख ८ शनिबार

५ दिन लगाएर गाँजा खेती नष्ट

kharibot

फाइल तस्विर

चितवन । राप्ती नगरपालिका–१२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र यस मातहतका एकाइले ५ दिन लगाएर राप्तीका २ वटा वडामा लगाइएको गाँजा नष्ट गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार यही कात्तिक २० गतेदेखि २४ गतेसम्म ५ दिनमा सो परिणामको गाँजाखेती नष्ट गरिएको हो।

विभिन्न स्थानमा अवैधरुपमा लगाइएको गाँजाखेती इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरी टोलीले नष्ट गरेको उनले वताए।

यसैबीच प्रहरीले विसं २०७६ को विजयादशमीदेखि छठपर्वसम्म विभिन्न मितिमा अवैधरुपमा निकासी गरी चितवनमा  ल्याइएका विभिन्न प्रकारका विष्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ।

कोइरालाका अनुसार पटका, भूईचम्पा, अतिसबाजीजस्ता प्रज्वलनशील पदार्थ अन्दाजी रु १२ लाख मूल्य बराबरको विस्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै